News Griha :: न्यूजगृह
गृहका १० सहसचिवको सरुवा : अध्यागमनको महानिर्देशकमा रुद्रसिंह तामाङ, ६ जिल्लाका सीडीओ फेरिए

काठमाडौं—  गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ ।

विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालयमा भएको थियो । सुन तस्करीका नाइकेसँग ‘कनेक्सन’ देखिएपछि अधिकारीलाई जिम्मेवारीबाट हटाइएको थियो । 

तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरुवा भएको छ । सुबेदीलाई दाङको सीडीओ बनाइएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । 

रूपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याल लाई रूपन्देहीको सीडीओमा सरुवा गरिएको छ। त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ । महोत्तरीका सीडीओ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १८:३१
Weather Update