ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख धरौटी माग

काठमाडौं— जिल्ला अदालत काठमाडौंले बालुवाटारमा रहेको ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलासले एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० १६:४७














