News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— जिल्ला अदालत काठमाडौंले बालुवाटारमा रहेको ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनालाई रिहा गर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटी र १ जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

Prabhu Bank

अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख, शिवजी भट्टसँग ३ लाख ३० हजार,  रुद्र कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार,  कलाधर देउजासँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

त्यसैगरी घमन कुमार कार्कीसँग ७ लाख ५० हजार, गोपाल कार्कीसँग ७ लाख ५० हजार, विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठसँग ७ लाख ५० ध्रुव प्रसाद अर्यालसँग ३ लाख ३० हजार रुपैयाँ धरौटी माग गरिएको अदालतको भनाइ छ ।

त्यसैगरी बाबुराजा महर्जनसँग १ लख १० हजार,  देवनारायण महर्जनसँग १ लाख १०, सकलानन्द महर्जनसँग १ लाख १० हजार, सञ्जय कुमार महर्जनसँग १ लाख १० हजार, लोकहरि घिमिरेसँग ७ लाख ५० हजार धरौटी माग गरेको छ । पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा पेस गरेको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:२२
राजनीति
विशेष
Weather Update