News Griha :: न्यूजगृह
बाँडफाँट भयो माण्डू हाइड्रोको आईपीओ

काठमाडौं— माण्डू हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला आईपीओ आइतबार बाँडफाँट गरिएको हो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट गरिएको आईपीओ १ लाख २० हजार ५ सय ३२ जनाले १०/१० कित्ता पाएका छन् ।

आईपीओको नतिजा मेरो शेयर अकाउन्टलगायतबाट हेर्न सकिन्छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ मा आईपीओ बिक्री गरेको हो ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ बिक्री गरिसकेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:३९
Weather Update