सुनचाँदी
सातामा प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं— सातामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता दुई सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । यस्तै, उक्त साता तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ रहेको छ ।
त्यसैगरी, यो साता चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० १३:१५