News Griha :: न्यूजगृह
कृषिमन्त्री भुसालकाे दाबी— कृषि यान्त्रिकरण नीति ७७ जिल्लामै लागु गरिएको छ

काठमाडौं— कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरण नीति ७७ जिल्लामै लागु गरिएको बताएका छन् ।

सांसद प्रेम सुवालको कृषिको यान्त्रिकरणको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनले ७७ वटै जिल्लामा कार्यक्रम लागु गरिएको जानकारी दिएका हुन् ।

कृषिमन्त्री भुसालले भने,‘कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरण गर्ने सरकारको नीति छ । यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ७७ जिल्लामा लागु गरिएको छ ।’

उनले परियोजनाको क्षेत्रमा नपरेका किसानको लागि कृषियन्त्र खरिद गर्दा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको भन्दै फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम, औजार मर्मत तालिम पनि उपलब्ध गराएको बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:१५
Weather Update