News Griha :: न्यूजगृह
अर्थमन्त्री डा.महत भन्छन्— शेयर मार्केटमा विस्तारै सुधार देखिन्छ

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको दाबी गरेका हुन् ।

उनले नेपालको शेयर मार्केटमा पनि विस्तारै सुधार देखिने दाबी गरे । सांसद प्रेम सुवालले शेयर लगानीबारे सोधेको प्रश्नको जवाफमा अर्थमन्त्री महतले सबैलाई जुनसुकै क्षेत्रमा लगानी गर्ने अधिकार रहेको भन्दै त्यसलाई रोक्न नसकिने तर व्यवस्थित गर्न प्रयास भइरहेको बताए ।

‘अहिले समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालेका छन् ।  अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान भएपछि शेयर मार्केट पनि चलायमान हुन्छ,’ अर्थमन्त्री महतले भने ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:५१
Weather Update