News Griha :: न्यूजगृह
उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

काठमाडौं—  नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ का लागि साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ । 

प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालन लगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ । 

अन्तर्राष्ट्रिय सङ्घ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनुशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे । प्राधिकरणले चालु आवमा १५ अर्ब ८८ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋण/शेयर लगानीका रुपमा ६ अर्ब ६४ करोड प्राप्त हुने अनुमान गरिएको छ ।  

प्राधिकरणले पुँजीगत खर्चका लागि १९ अर्ब तीन करोड ८८ लाख बिनियोजन गरेको छ भने कर्मचारी खर्चमा दुई अर्ब ११ करोड ७१ लाख छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च चार अर्ब ३४ करोड र कर्मचारीको बोनसमा पाँच अर्ब ८९ विनियोजन गरेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:१४
Weather Update