News Griha :: न्यूजगृह
बीपी अस्पतालका निर्देशक भन्छन्— बिरामीले पालो कुर्नुपर्ने समस्या अन्त्य हुन्छ

चितवन— बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासोको अब अन्त्य हुने बताएका हुन् ।

पौडेलले भने,‘अहिले दुई हप्ताभन्दा बढी रेडियो थेरापीमा पालो छैन । कतैबाट गलत सूचना गएर पाँच महिना लाग्छ भन्ने छ भने मलाई भेट्नु होस् म यसलाई न्यूनीकरण गर्नेछु ।’

उनले अहिले कुर्नु परेको पालोको समय अन्त्य गरेर आजको आजै सेवा दिने गरी काम गर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०७:५०
Weather Update