कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर : ट्रमा सेन्टर

काठमाडौं— खुकुरी प्रहारबाट बुधबार दिउँसो घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्रीको महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा.बन्द्री रिजालले जानकारी दिएका छन् ।
बुधबार रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर फर्किने क्रममा यादवमाथि नुवाकोटको विदुर नगरपालिका—७ घर भएका ४७ वर्षीय श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेपछि यादवलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको थियो ।
सुपरिन्टेण्डेण्ट डा.रिजालले यादवको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै आईसीयूमा उपचार भइरहेको जानकारी दिएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० १८:४७