योगेश भट्टराई भन्छन्— राजनीतिक दलका बैंक खाता लेखा समितिले हेर्न पाउनुपर्छ
काठमाडौं— नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समितिले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका बैंक खाता हेर्न पाउनुपर्ने माग गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भट्टराईले नेपालका राजनीतिक दलहरू कसरी चलेका छन् भनेर थाहा पाउन उनीहरूको बैंक खाता सार्वजनिक लेखा समितिले हेर्न पाउनुपर्ने बताएका हुन् ।
उनले भने,‘दलहरू कसरी चलेका छन् ? यस आधारमा धेरै विषय प्रभावित हुन्छन् । राजनीतिक दलसम्बन्धी ऐन संशोधन हुँदैछ भन्ने सुनिन्छ । अब लेखा समितिले राष्ट्रिय दलको मान्यता प्राप्त दलको अकाउन्ट हेर्नुपर्छ । यसतर्फ गम्भीर बनौं ।’
समितिमा भएको बेरुजुमाथिको छलफलका क्रममा उनले निर्णयकर्ता मन्त्री र सचिव तथा कार्यान्वयन कर्तालाई समेत जिम्मेवार बनाउनुपर्ने बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० २१:४१