अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा
न्युयोर्क— अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा बयान दिन न्युयोर्क पुगेका छन् ।
मंगलबार पुलिस र अदालतका अधिकारीहरूका साथै सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई तल्लो म्यानहट्टन अदालत परिसरमा लगेका छन् ।
सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा पोर्नस्टार स्टर्मी ड्यानियल्सलाई अवैध रकम दिएको र उक्त भुक्तानीलाई व्यापारी कारोबारमा देखाएको आरोपमा ट्रम्पमाथि छानबिन भइरहेको छ ।
यो पनि पढ्नुहोस
‘उनले यसलाई धेरै गम्भीरताका साथ लिइरहेका छन् र कानुनी सल्लाह पछ्याउँदैछन्,’ ट्रम्पका सल्लाहकारले सोमबार राति भने । उनले मंगलबार राति मारएलागोमा अमेरिकीहरूलाई आफ्नो कुरा राख्नेछन् ।
७६ वर्षीय ट्रम्प आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन् । तर उनले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ ०९:३४














