News Griha :: न्यूजगृह
कोरोनाविरुद्धको खोप अभियान भदौ २५ गतेदेखि

काठमाडौं— जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना भाइरसविरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोनाविरुद्धको बुस्टर डोज धेरै मानिसहरूले लगाउन छुटेकाले पुनः अभियान सञ्चालन गर्न थालिएको जानकारी दिइन् ।

कार्यालयले स्थानीय तहसँगको छलफलपछि खोप अभियान सञ्चालन गर्न लागेको हो । उनका अनुसार अभियान यही भदौ २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।

कार्यालयका खोप फोकल पर्सन तुलसी सुवेदीका अनुसार अहिले पनि अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राको साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:१८
Weather Update