News Griha :: न्यूजगृह
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा पुग्याे

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा पुगेको छ ।

त्यसैगरी युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०६:३९
Weather Update