
काठमाडौं— एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल आज सोमबार श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा दिउँसो सवा ३ बजेबाट सुरु हुँदैछ ।
एसिया कपमा नेपालको यो पहिलो सहभागिता हो । नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो ।
यो पनि पढ्नुहोस
अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ । वर्षाका कारण खेल रद्द भएमा नेपाल र भारतले अंक एक/एक बाँड्नेछन् । अंक बाँडे पनि भारत सुपर फोरमा पुग्नेछ ।
पाकिस्तान दुई खेलमा एकमा जित र एकमा अंक बाँड्दै तीन अंकका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अंक छ । भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द भएपछि उनीहरूले एक/एक अंक बाँडेका थिए । एक खेल खेलेको नेपाल अंकविहीन छ ।
समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।