News Griha :: न्यूजगृह
औषधी पसललाई कानुनी दायरामा ल्याउँदै काठमाडौं महानगर

काठमाडौं— काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधी पसललाई कानुनी दायरामा ल्याउने भएको छ ।

कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानुन विपरीत रहेको भन्दै कानुनी दायरामा ल्याउन लागिएको जनाइएको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र २ हजार छ यस औषधी पसल सञ्चालन छन् ।

सञ्चालित धेरै औषधी पसल कानुन विपरीत रहेको भन्दै प्रमुख पौडेलले सबै पसलको अनुगमन गरी गैरकानुनीरूपमा सञ्चालनमा रहेका औषधी पसललाई  कारबाही गर्ने जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २२:१७
Weather Update