विद्यालय कर्मचारी परिषद्ले गरेको काममा सके सहयोग गरौं, नसके असहयोग नगरौं : अध्यक्ष तिवारी
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारी नेतृत्वले गरिरहेको काममा सके सहयोग गर्न र नसके असहयोग नगर्न आम विद्यालय कर्मचारीलाई आग्रह गरेका छन् ।
विद्यालय कर्मचारीसँग सरकारले गरेको सहमति कार्यान्वयनका लागि दबाब बढाइरहेको परिषद्लाई कर्मचारीबाट असहयोग भइरहेको तिवारीले यसअघि पनि बताएका थिए ।
उनले शनिबार फेसबुकमा लेखेका छन्,‘सके सहयाेग गरौं, नसके असहयोग नगरौं ।’
सरकारले विद्यालय कर्मचारीसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै परिषद्ले आक्रोश पनि व्यक्त गरेको छ ।
परिषद्सहितको एक टोलीले केही दिनअघि अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० १७:३६













