विदेशी मुद्राको विनिमय दर : कति पुग्यो डलरको मूल्य ?
काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा पुगेको छ ।
राष्ट्र बैंकले युरो एकको खरिद दर १४३ रुपैयाँ २१ पैसा र बिक्री दर १४३ रुपैयाँ ८६ पैसा रहेको उल्लेख गरेको छ ।
त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा र बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० ०६:४५