काठमाडौं— यस साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल ४ कारोबार दिनमा ३ दिन घटेको शेयर बजार एक दिन बढेको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजारमा यो हप्ता ४ दिनमा कुल ४ अर्ब २४ करोड ६५ लाख २४ हजार नौ सय ३२ बराबरको कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार परिसूचक २० दशमलव ५४ अंकले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ पुगेको बजारमा एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्य बराबरको कारोबार भएको थियो ।
यस दिन कुल दुई सय ८० कम्पनीका ३८ लाख ९५ हजार दुई सय ३६ इकाई शेयर कारोबार भएका थिए । त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक पाँच दशमलव ०९ ले बढेर एक हजार नौ सय ९८ दशमलव ४८ पुगेको बजारमा ९८ करोड ८६ लाख २८ हजार पाँच सय ६२ मूल्य बराबराको कारोबार भएको थियो ।
यस दिन कुल दुई सय ७९ कम्पनीका ३७ लाख ७९ हजार सात सय ३१ कित्ता शेयर कारोबार भएका थिए । कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अंकको गिरावट देखिएको थियो ।
मंगलबार नेप्से परिसूचक पाँच दशमलव ०५ अंकले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अंकमा कायम भएको थियो । यस दिन २ सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिद बिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिन पुगेको थियो ।
त्यस्तै बुधबारको शेयर कारोबार मापक नेप्से परिसूचक दुई दशमलव ८२ अंकले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अंकमा कायम भएको छ ।
कुल दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता शेयर ३२ हजार दुई सय ९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब १३ करोड आठ हजार ४१ पुगेको थियो । यस हप्ता जम्मा चार दिन शेयर कारोबार भएको थियो ।