News Griha :: न्यूजगृह
कालीमाटीमा कति छ फलफूल र तरकारीको मूल्य ?

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि मूल्य निर्धारण गरेको छ । समितिका अनुसार ठूलो गोडभेँडाको न्यूनतम मूल्य ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

नेपाली सानो गोडभेँडा ६० रुपैयाँ, रातो आलु ५५ रुपैयाँ, भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाँजर १२० रुपैयाँ तथा स्थानीय काउली १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

घिउसिमी लोकल ९०, भन्टा डल्लो ७०, तने बोडी ६०, भटमासकोशा ९०, तितो करेला १००, लौका ७०,लोकल परवल ५०, घिरौंला ६०, हरियो फर्सी ७०,फर्सी पाकेको ५०, स्कूस ३५, कन्य च्याउ २२०, डल्ले च्याउ ३५०, कुरीलो ५५०, ब्रोकाउली ३००, काँक्रो लोकल १०० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ ।

केरा दर्जनको १५० रुपैयाँ, स्याउ फूजी ३५०, अनार २८०, कालो अंगुर ४५०, तरबुजा ७०, मौसम १५०, नासपाती लोकल ७०, मेवा भारतीय ८०, अम्बा १००, किवी ५०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । 

सूची

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०९:०९
Weather Update