News Griha :: न्यूजगृह
८ महिनामा नेपाल भित्रिए ६ लाख पर्यटक

काठमाडौं— सन् २०२३ को ८ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जनवरीदेखि अगष्ट महिनासम्म ६ लाख एक हजार ३ सय ६० पर्यटक भित्रिएका हुन् ।

पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार १ सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार घ सय ४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ७३ हजार ८ सय १४ पर्यटक नेपाल आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताए । उनले सम्भावित स्रोतबजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पुर्‍याउने लक्ष्यमा पुग्न सहज हुने विश्वास व्यक्त गरे ।

पछिल्लो अगष्ट महिनामा पनि सबैभन्दा बढी भारतबाट २६ हजार ६ सय ६५, चीनबाट ५ हजार २७, अमेरिकाबाट ४ हजार ६ सय २९, श्रीलंकाबाट ३ हजार ५ सय ५८ र बंगलादेशबाट ३ हजार एक सय ९० पर्यटक नेपाल भित्रिएका छन् ।

बेलायतबाट २ हजार ७ सय ११, स्पेनबाट १ हजार ५ सय ८८, जापानबाट १ हजार पाँच सय २०, इटालीबाट १ हजार ४ सय ९६ र अष्ट्रेलियाबाट १ हजार ३ सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:३६
Weather Update