News Griha :: न्यूजगृह
अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव हुँदैन : अर्थमन्त्री महत

काभ्रे— अर्थमन्त्री डा.प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने जानकारी दिएका छन् । सो सडक हाल ६ लेनमा विस्तार भइरहेको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको ७ औं जिल्ला सभालाई शुक्रबार धुलिखेलमा सम्बोधन गर्दै उनले सो बजेट अभाव नहुने बताएका हुन् ।

उनले भने, ‘अरनिको राजमार्गको सडक ६ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाँडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन ।’

३ वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै २ चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव ५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८ दशमलव ४ किमी सडकखण्ड बिस्तारकार्यका लागि ४ अर्ब ५ करोड ६४ लाख बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने ७ दशमलव ५ किमिमा ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता गरिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:०३
Weather Update