जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको जानकारी गराएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले बिहीबारदेखि नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्,‘आज मिति २०८० भाद्र १४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा शुभारम्भ, तालिम सिमुलेसन सामग्री हस्तान्तरण तथा प्रतिष्ठानको निरीक्षण कार्य सम्पन्न भएको छ ।’
उनले भेरी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षणका क्रममा देखिएका सबल पक्षहरूको प्रशंसासहित सुधार गर्नुपर्नेमा आवश्यक सुझाव दिएको पनि बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० ०८:३९