खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि
काठमाडौं— नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको छ ।
नयाँ मूल्यअनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो ।
वृद्धि भएको मूल्य बिहीबार मध्यरातिदेखि नै लागु हुनेछ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० २१:१८