News Griha :: न्यूजगृह
नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छ : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आईएसएसआर) द्वारा बिहीबार काठमाडौंमा आयोजित ‘साना राष्ट्रको क्षमता : नेपालमा प्रतिस्पर्धाको परख र विदेश नीतिको प्राथमिकता’ विषयक विचार गोष्ठीमा अर्थमन्त्री डा.महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना भएकाले आवश्यक पूर्वाधार निर्माण गरी त्यसको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

‘नेपालमा सूचना प्रविधि (आईटी) का क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको छ’, उनले भने,‘चालु आवको बजेटमा आइटी क्षेत्रमा लगाउँदै आइएको आम्दानी कर ५० प्रतिशत कम गर्ने नीति लिइएको छ । नेपालमा प्रविधिको क्षेत्रमा ठूलो अवसर रहेको छ ।’

मन्त्री डा.महतले ५० देखि सतप्रतिशत छात्रवृत्तिबिना विदेशमा अध्ययनका लागि जान नहुने धारणा राख्दै नेपालमा पनि शिक्षाका क्षेत्रमा पनि धेरै अवसर भएकाले सोको सदुपयोग गर्नुपर्नेमा जोड दिए । मन्त्री डा.महतले पछिल्लो समय ठूलो संख्यामा युवा आईटीमा लागे पनि करको दायरामा भने नआएको बताए ।

उनले नेपालबाट बेलायतमा सय मिलियन पाउण्ड बराबरको सफ्टवयेर निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको दाबीसमेत गरे ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २०:५८
Weather Update