बिहीबार अमेरिकी डलरको विनियम दर कति ?
काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ ।
राष्ट्र बैंकले बिहीबारका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ तोकेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ७९ पैसा र बिक्री दर १४४ रूपैयाँ ४४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २० पैसा र बिक्री दर १६७ रूपैयाँ ९६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० ०६:३६