अर्थतन्त्र जटिल अवस्थामा : अध्यक्ष ढकाल
काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने,‘कोभिड—१९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण अथवा विश्वव्यापी आर्थिकमन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन् जटिल अवस्थातर्फ धकेलिँदैछ ।’
उनले विगतमा निजी क्षेत्रका तर्फबाट यस्तो अवस्थाको अनुमान गरी नेपाल सरकालाई गम्भीर हुन र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न आग्रह गरिँदा व्यापारीले आफ्ना लागि मात्र कुरा उठाए भन्नेजस्ता धारणा राख्ने गरेका र यसबाट परिस्थिति बिग्रिँदै गएको बताए ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० २०:०८