पूर्वप्रधानमन्त्री भट्टराईलाई डेंगु संक्रमण

काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईलाई डेंगु संक्रमण भएको छ ।
आफूलाई डेंगु संक्रमण भएको डा.भट्टराईले बुधबार जनाएका छन् । उनले फेसबुकमा भनेका छन्,‘अकस्मात डेंगुको संक्रमणले गर्दा पूर्वतयारी अनुरूपको पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नुपर्दा दुःखित छु ।’
अध्यक्ष डा.भट्टराई मंगलबार गृहजिल्ला गोरखाको भच्चेक, नम्की, सिरानडाँडा हुँदै दूधपोखरी पैदलयात्रामा निस्कन लागेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० ०६:५९