News Griha :: न्यूजगृह
युवराज सफलले दिए टिकटक बन्द गराउन निवेदन

काठमाडौं— अभियन्ता युवराज सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सूचना तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् ।

निवेदनमा उनले टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको उल्लेख गरेका छन् ।

निवेदनमा भनिएको छ,‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, टिकटक चलाउनै परेको खण्डमा पहिले नेपालमा सञ्चालन अनुमति लिन लगाउने र टिकटक सञ्चालन मापदण्ड,आचारसंहिता लागु गराउने र फेक आईडीहरूलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानुनी दायरामा ल्याउनसमेत माग गर्दछु ।’

टिकटकमा गेमको नाममा लाखौं करोडौंको समेत कारोबार हुने गरेको र गिफ्ट प्राप्त गर्नेहरूले आजसम्म नेपालमा कुनै पनि राजश्व नतिरेको सफलको दाबी छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १९:००
Weather Update