घर फर्किएसँगै डेंगुबाट युवकको मृत्यु

कञ्चनपुर— बेलौरी नगरपालिका-८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगु रोगको संक्रमणबाट गए राति मृत्यु भएको छ ।
बेलौरी-८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो ।
एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचार गर्न धनगढी लगेका थिए । भारतबाटै डेंगुको संक्रमण भएको वा यहाँ फर्केपछि संक्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १०:०६