News Griha :: न्यूजगृह
लेखापाल कुटपिट घटना : शिक्षक महासंघले भन्यो– छानबिन गरी दोषीमाथि कडा कारबाही गरियोस्

काठमाडौं— नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल कुटपिट घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले कारबाहीको माग गरेको हो ।

महासंघ अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मी किशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘भीमदत्त नगरपालिका—१० स्थित श्री सिद्धनाथ माध्यमिक विद्यालय जिमुवा, कञ्चनपुरका लेखा सहायक वीरेन्द्र प्रसाद जोशीमाथि भएको साङ्घातिक आक्रमणको घटनामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न तथा घाइतेको सम्पूर्ण उपचारको प्रबन्ध गर्न हामी सरकार समक्ष माग गर्दछौं ।’

लेखापाल कुटपिट घटनामा संलग्नलाई पक्राउ गरी कारबाही माग गर्दै कञ्चनपुरका शिक्षक कर्मचारी विद्यालयसमेत बन्द गरी आन्दोलित छन् । 

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०८:०१
Weather Update