News Griha :: न्यूजगृह
लेखापाल कुटपिट घटना : कञ्चनपुरमा आन्दोलन चर्किंदै, विद्यालय बन्द

काठमाडौं— कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाललाई कुटपिट गरिएको विरोधमा कञ्चनपुरमा शिक्षकको आन्दोलन चर्किंदै गएको छ ।

नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालय अनिश्चितकालीन रूपमा बन्द गरेका छन् ।

सिद्धनाथ माध्यमिक विद्यालयमा लेखा सहायक पदमा कार्यरत वीरेन्द्रप्रसाद जोशीमाथि निर्घात कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै शिक्षक तथा कर्मचारीले आइतबार भीमदत्त नगरका विद्यालय बन्द गराएका थिए ।

दोषीमाथि कारबाही नगरेसम्म आन्दोलन नरोकिने शिक्षा कर्मचारको भनाइ छ ।

लेखापालमाथि अन्यायपूर्ण व्यवहार भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विज्ञप्ति जारी गर्दै दोषी पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:२७
Weather Update