News Griha :: न्यूजगृह
भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान पठाउँदै
तस्बिर : इसरो

काठमाडौं— चन्द्रमाको दक्षिणी ध्रुवमा बुधबार चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान पठाउने घोषणा गरेको छ ।

सेप्टेम्बर २ का दिन श्रीहरिकोटाको सतिस धवन स्पेस सेन्टरबाट रकेटमार्फत आदित्य एल–१ रोबोटिक यानलाई अन्तरिक्षमा पठाइने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोलेलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

इसरोका अनुसार शनिबार बिहान ११ बजेर ५० मिनेटमा पहिलो सूर्यअभियान अन्तर्गत आदित्य एल–१ रोबोटिक यानलाई अन्तरिक्षमा पठाइनेछ ।

‘आदित्य एल–१ सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय मिसन हुनेछ । अन्तरिक्ष यानलाई सूर्य–पृथ्वी प्रणालीको ल्यागरेन्ज बिन्दुको वरिपरि हलो कक्षमा पठाइनेछ, जुन पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा छ,’ इसरोले भन्यो । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १९:४१
Weather Update