नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार रकम घट्यो
काठमाडौं— साताको दोस्रो दिन शेयर परिसूचकको कारोबार एक अर्बभन्दा कम भएको छ । सोमबार कूल ९८ करोड ८६ लाख रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको हो ।
सोमबार कूल ११८ कम्पनीको मूल्य बढ्दा ९७ कम्पनीको घट्यो । यस्तै, १२ कम्पनीको स्थिर रहेको छ । बजार परिसूचक नेप्से ५.०९ अंकले वृद्धि भई १९९८.४८ को विन्दुमा बन्द हुँदा हाइड्रोपावर, उत्पादनमूलक, लघुवित्त र अन्य उपसूचकमा सामान्य गिरावट आएको छ ।
सोमबार ३१ हजार ५९९ वटा कारोबारमा ३६ लाख ७० हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको थियो ।
जसमा लक्ष्मी सनराइज बैंकको सर्वाधिक सात करोड ३२ लाखको कारोबार हुँदा सोल्टी होटलको चार करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १६:३९