News Griha :: न्यूजगृह
मौसममा क्रमिक सुधार

काठमाडौं— मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा घाम लागेको छ ।

मौसमविद् प्रतिभा मानन्धरले आगामी ३ दिन देशभर भारी वर्षाको सम्भावना नरहेको जानकारी दिइन् ।

शनिबार,आइतबारको तुलनामा सोमबार मौसममा थप सुधार देखिएको छ ।

मानन्धरले भनिन्,‘न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर रहे पनि पानी पार्न आवश्यक मोइस्चर कमजोर बनेकाले तत्काल भारी वर्षा र झरी पर्ने सम्भावना देखिँदैन ।’

अहिले कोशी प्रदेशका अधिकांश भू-भाग, मधेस र बाग्मती प्रदेशका एक/दुई स्थानहरूमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०६:४७
Weather Update