कमला नदीमा बाढी : पार गर्यो सतर्कता तह

काठमाडौं— उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले कमला नदी बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको जनाएको छ ।
जलसतह बढ्नेक्रममा रहेका कारण तटिय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
कमला नदी, सिन्धुली रानीबासस्थित बाढी मापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । बाढी बढ्दो क्रममा रहेकाले तटिय क्षेत्र तथा डुबान भइरहने भू–भागहरूमा रहनेहलाई बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कोशी र बाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । जसका कारण केही नदी तथा खोलामा बहाब बढेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० ०६:३९













