News Griha :: न्यूजगृह
नेप्से परिसूचकमा २० अंकले गिरावट

काठमाडौं— साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २०.५४ अंकले गिरावट आएको छ । आइतबार म्युचुअल फण्डबाहेक सबै उपसूचकमा गिरावट आएको हो ।

हाइड्रोपावर उपसूचकमा सर्वाधिक १.७६ प्रतिशतले गिरावट आएको छ । यस्तै, निर्जीवन बीमा, लघुवित्त र वित्त कम्पनी उपसूचकमा समेत १ प्रतिशतभन्दा माथिको गिरावट भएको हो ।

आइतबार नेप्सेसँगै कारोबार रकमसमेत घट्दै सवा एक अर्बमा कारोबार सीमित भएको छ । आइतबार नेप्सेमा ३८ हजार ६६६ वटा कारोबारमा ३८ लाख ९५ हजार २३६ कित्ता शेयर कारोबार भएको थियो । जसबाट एक अर्ब २६ करोड २८ लाखको कारोबार भएको हो । 

कारोबार भएकोमध्ये एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ४७ लाखको कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:५९
Weather Update