News Griha :: न्यूजगृह
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

काठमाडौं— नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आइतबारका लागि तोकिएको छ ।सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन: अन्तिम पेसी तोकेको हो ।

१७ वर्षकी एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

सफाइ पाएको अवस्था वा मुद्दाको टुंगो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा सन्दीप  छन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०६:५३
Weather Update