News Griha :: न्यूजगृह
यी स्थानमा बाढीको जोखिम

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले देशका केही स्थानमा भारी वर्षाका कारण स–साना खाेलामा आउने बाढीले क्षति गर्नसक्ने भन्दै त्यसतर्फ सचेत गराएको छ ।

पछिल्लो ३ घण्टामा सङ्खुवासभाको खाँदबारी, तुम्लिङ्टार, सप्तकोशी चतरा, लेवाघाट धनकुटा,खोटाङ बजार वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ ।

सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक जलसतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मध्ये राति मकवानपुरको मकवानपुरगढी, कास्कीको लुम्ले र जुम्लेटी, पर्साको ठोरी, बाराको कलैया र परवानीपुर वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।

सो क्षेत्र भई बहने साना खाेलाहरूमा आकस्मिक  बाढीको जोखिम र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस

 
 

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०६:२०
Weather Update