बारामा भारी वर्षा

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाराका केही स्थानमा भारी वर्षा भइरहेको जनाएको छ ।
निजगढ, कोभि, अम्लेगजं, सर्लाइको कर्मैया र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको हो ।
आइतबार बिहान बकैया नदी र सो क्षेत्र भई बहने नदीहरूमा आकस्मिक बाढी आउन आउनेतर्फ संकेत गर्दै महाशाखाले तटिय क्षेत्र तथा डुबान भइरहने भू–भागमा रहनेले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० ०५:५९













