आइतबारको विदेशी मुद्राको विनिमय दर [सूची]
काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ ।
यूरो एकको खरिद दर १४२ रुपैयाँ ३८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०६ पैसा र बिक्री दर १६६ रुपैयाँ ८१ पैसा रहेको छ ।
सो बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
सूची
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० ०६:१३