News Griha :: न्यूजगृह
मौसम : देशका विभिन्न ठाउँमा रातिदेखि भारी वर्षा

काठमाडौं—  देशका विभिन्न ठाउँमा रातिदेखि भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १ घण्टामा कैलालीको टिकापुर, चिसापानीलगायत आसपासको स्थानमा भारी वर्षा मापन भएको छ ।

पछिल्लो ३ घण्टा लमजुङको खुदीबजार र आसपासको स्थानमा भारी वर्षा भएको छ । खुदी खोलालागायत लमजुङको भई बहने साना नदीका आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

दुधकोशी नदी रबुवाबजार बाढीमापन केन्द्र,ओखलढुङगामा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले दुधकोशीको सुनकोशी दोभानसम्म नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कमला नदी, रानीवास सिन्धुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । कमला बेलसोत उदयपुरमा पनि जलसतह बढ्दो रहेको महाशाखाले जनाएको छ ।

यस्तै सिन्धुली,उदयपुर,धनुषा र सिराहाको तटीयक्षेत्र लगायत डुबान भइएरहने होचा स्थानमा बिहान ११ बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०६:१५
Weather Update