कस्तो रहला शुक्रबार देशभरको मौसम ?

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाले हाल देशभर वर्षा भइरहेको जनाएको छ ।
शुक्रबार महाशाखाले विशेष गरी कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको जनाएको हो ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा शुक्रबार दिउँसो देशभर बदली रही कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
शनिबारदेखि वर्षा कम हुँदै जाने बताउँदै महाशाखाले वर्षाको समयमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० ०५:४६













