शेयर बजारमा दोहोरो अंकले गिरावट
काठमाडौं— साताको अन्तिम कारोबार दिन शेयर बजारमा गिरावट आएको छ । बिहीबार परिसूचक नेप्से ३१ दशमलव ५२ अंकको उच्च गिरावट भएको हो ।
बिहीबार नेप्सेमा सम्पूर्ण उपसूचकहरू गिरावट भएका छन् । जसमा सबैभन्दा बढी वित्त कम्पनी उपसूचक सर्वाधिक २.९२ प्रतिशतले गिरावट भएको छ ।
बिहीबार नेप्सेमा ४० हजार ८०० वटा कारोबारमा ४६ लाख ५७ हजार १३७ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको थियो । जसबाट एक अर्ब ५५ करोडको कारोबार भएको छ ।
सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८८ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ६ करोड ९५ लाख भएको छ ।
बिहीबार नेप्सेमा कूल २२७ सूचीकृत कम्पनीको शेयर कारोबार भएकोमा २०६ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १६:४१