प्रस्तावित शिक्षा ऐन : सरोकारवालासँग अन्तर्क्रिया गर्दै शिक्षक महासंघ

काठमाडौं— नेपाल शिक्षक महासंघले प्रस्तावित संघीय शिक्षा ऐनको विषयमाथि बिहीबार सरोकारवालासँग अन्तर्क्रिया गर्दैछ ।
पूर्वघोषित कार्यक्रमअनुसार महासंघले अन्तर्क्रिया गर्न लागेको हो ।
संसदमा टेबुल गर्न लागिएको संघीय शिक्षा ऐन शिक्षक महासंघसहित सरोकारवालासँग छलफल नगरी ल्याइएको, शिक्षक र कर्मचारीका माग सम्बोधन नभएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ ।
महासंघले गत साउन २८ देखि ३२ गतेसम्म पहिलो चरणको आन्दोलन समापन गरी दोस्रो चरणकाे आन्दोलन पनि घोषणा गरिसकेको छ ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत बिहीबार अन्तर्क्रिया गर्न लागिएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० ०६:५८













