
काठमाडौं— नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोल घोषणा गरेको छ । काठमाडौं केन्द्रित बृहत् सडक आन्दोलनका लागि तम्तयार रहन शिक्षक तथा कर्मचारीलाई महासंघले निर्देशन दिएको छ ।
शिक्षक तथा कर्मचारीका मागमुद्दा सम्बोधन नगरी संसदमा शिक्षा ऐनको विधेयक टेबुल भएमा त्यसको ५ दिनभित्र काठमाडौंमा हुने आन्दोलनका लागि तयारी अवस्थामा रहन महासंघले शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको हो ।
महासंघले अहिले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा रहेका सांसद तथा प्रधानमन्त्री भेटघाट तथा छलफल गरिरहेको छ ।
महासंघले यही भदौ ५ र ६ गते नागरिक समाज, सामाजिक अभियन्ता, अभिभावक महासंघ,विव्यस महासंघ,पत्रकार,मानव अधिकारवादी संघसंस्था लगायतसँग छलफल र संवाद गरी आन्दोलनप्रति ऐकबद्धता जारी गर्न पहल गर्ने निर्णय गरेको छ ।
हेर्नुहास् विज्ञप्ति
















