News Griha :: न्यूजगृह
चन्द्रमामा पुग्यो चन्द्रयान–३ 

काठमाडौं— भारतले पठाएको चन्द्रयान–३ बुधबार साँझ चन्द्रमामा पुगेको छ । चन्द्रयान–३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो ।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ ।

इसरोले ट्वीटरमा लेखेको छ,‘म आफ्नो गन्तव्यमा पुगें  र तिमी पनि । चन्द्रयान–३ सफल भएको छ । बधाई छ,भारत ।’

जुलाई १४ मा चन्द्रयान–३ प्रक्षेपण भएको थियो ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:४०
Weather Update