News Griha :: न्यूजगृह
राप्ती नदीमा नयाँ पुल निर्माण गरिने

चितवन— चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ ।

भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो ।

२०१४ सालदेखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेले जानकारी दिए । पुल निर्माणका लागि अहिले बजेटसमेत विनियोजन भएको उनले बताए ।

‘अहिले सर्भेलगायतका कामका लागि बजेट विनियोजन भएको छ’, उनले भने,‘अब बहुवर्षीय योजनाअन्तर्गत पुल निर्माणका लागि बजेट विनियोजन हुनेछ ।’

चितवन राष्ट्रिय निकुञ्जको कसराबाट रिउसम्म ११ किलोमिटर कच्ची सडक रहेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०८:०७
Weather Update