कुलमानले दिए प्रधानमन्त्री दाहाललाई लोडसेडिङ अन्त्यको जस
काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यको जस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।
मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री दाहालको अग्रसरतामा भएको दाबी गरेका हुन् ।
उनले भने,‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगले लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास गर्न सम्भव भएको छ । प्रधानमन्त्रीको सहभागिताले ऊर्जा क्षेत्र आजको अवस्थामा आएको छ । नेपालको विद्युतीय क्षेत्र अहिले धेरै अगाडि बढेको छ । अहिले सयौं सवस्टेशन र विद्युत् उत्पादन परियोजनाहरू बनेका छन् ।’
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १९:१५