News Griha :: न्यूजगृह
कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति ?  

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली गोलभेँडा ठूलो प्रतिकेजी १४० रुपैयाँ, टनेल गोलभेँडा सानो ७०, घ्यू सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ५०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ६०, लौका ७०, हरियो फर्सी ७०, घिरौँला ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तीतो करेला ८०, ब्रोकाउली १४०, कागती १६०, भिण्डी ८०, निगुरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ८० रुपैयाँ, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जनको १३०, अनार २८०, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४००, किवी ७००,  हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २२०, चाइनिज लसुन २५०, लसुन हरियो १८०, रुख कटहर ५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ६०, फुजी स्याउ ३५०, मौसम १४०, जुनार ३२०, तोफु ११०, पिँडालु ७०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:२०
Weather Update